Breaking

अल्मुताईरीको अपाच्य व्यवहार दिन दिनै बढ्दो, अरुको कार्यक्षेत्रमा पनि हस्तक्षेप


काठमाडौँ –प्रशिक्षक नै राष्ट्रिय टोलीका अभिभावक हुन् । प्रशिक्षकको काम भनेको खेलाडीको खेल्ने खेल्ने शैलीलाई अभिवृद्धि गर्ने हो । तर, नेपाली फुटबलका प्रशिक्षक अबदुल्ला अलमुताइरी खेल वा प्रशिक्षणमा मात्र होइन अन्य विषयमा पनि हावी छन् ।

साधारणतया विदेशी फुटबलको कुरा गर्ने हो भने प्रतिष्ठा, व्यवसाय, मनोरञ्जन जस्ता कुरा जोडिन्छ । तर, अपवाद नेपालमा फुटबल भन्नाले विवाद बुझिन्छ । चाहे त्यो अखिल नेपाल फुटबल संघ (एन्फा) होस् चाहे प्रशिक्षक नै किन नहोस् ।

नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले प्रशिक्षक पनि आफूसँग मिल्ने खालको नै पाएको छ । एन्फा, प्रशिक्षक र विवाद यी तीन वटै पछिल्लो समय पर्याय बनेका छन् । राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा अब्दुल्ला अल्मुताईरी नियुक्ति भएपछि खेल भन्दा बढी उनको विवादको चर्चामा छ ।

चर्चामा रहिरहने कला जानेका अल्मुताईरी कहिले एन्फाको राजनीतिको हिस्सा जस्तै देखिए भने कहिले पटक पटक पदबाट राजीनामा दिने जस्ता स्टन्टबाजी गरेर चर्चा बटुली नै रहे । उनी आफ्नो उपस्थिति हरेका ठाउँमा देखाउन चाहन्छन् । चाहे त्यो उनको कार्यक्षेत्रभित्र परोस् वा बाहिर ।

शुक्रबारमात्र गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका अल्मुताईरी एक दिन बित्न नपाउँदै फेरि पनि आफ्नै शैलीका कारण चर्चामा छन् । उनलाई आफ्नो क्षेत्राधिकारभन्दा बाहिर आएर अरुको कार्यमा हस्तक्षेप गर्ने बानी नै परिसक्यो ।

शनिबार पनि भयो त्यस्तै नै सर्वाजनिक चासोको विषयमा प्रश्न गर्ने अधिकार प्राप्त पत्रकारले प्रश्न सुरु गर्न अघि नै निश्चित विषयमा प्रश्न नगर्न उर्दी नै जारी गरे । यो उर्दीले नेपाली सञ्चार माध्ययमा उनको हावी छर्लङ भएको छ ।

शनिबारकै पत्रकार सम्मेलनमा अल्मुताईरीले अर्काे अपाच्य व्यवहार देखाए । दुई चरणमा गरिएका पत्रकार सम्मेलनमा एक खेलाडीलाई १० मिनेट सयम छुट्याए पनि धेरै प्रश्न सोधिकएको भन्दै बीचबाट नै खेलाडीलाई फोरमाबाट निस्कन आदेश दिए । उनको यो रवैया देखेर खेलाडीहरु नै आश्चर्यमा परेका थिए ।

यस अघिको पत्रकार सम्मेलनमा भने आधा घण्टा भन्द बढी समय बिताएका अलमुताइरीले आफ्नो दायरा भन्दा बाहिर गएर फुटबलको सर्बोच्च निकायको कार्यशैलीमा पनि प्रश्न उठाएका थिए ।

सुरु देखि नै राजनीति र स्वार्थले लथालिंग बनेको नेपाली फुटबल टीम थप धरासायी बन्दै गएको छ । मुलत: प्रशिक्षक अलमुताइरीको गैरजिम्मेवार व्यवहार, अभिव्यक्ति र हस्तक्षेपका कारण नेपाली फुटबल टीम कमजोर बनेको हो ।

नेपाली फुटबल टिम डेढ महिना पछि कुवेतमा हुने एएफसी एसियन कप छनोट खेलको तयारीका लािग बन्द प्रशिक्षणमा छ । अल्मुताईरीले छनोट हुन सक्दैनौं भने पनि खेलाडीले भने उत्कृष्ट गर्न बताएका छन् ।

नेपाल कठिन समूहमा रहे पनि छनोटमा उत्कृष्ट प्रदर्शन गर्न र नतिजाका लागि अन्तिमसम्म लड्न आफूहरु तयार रहेको खेलाडीले बताएका छन् । चोटका कारण लामो समय मैदान बाहिर रहेका नवयुग श्रेष्ठले पनि टोलीमा पुनरागमन गरेका छन् । खेल्ने अवसर पाए चोटलाई भुलेर राष्ट्रका लागि खेल्ने उनले बताए ।