Breaking

देशको ठूलो समस्या नै भष्ट्राचार भएको सभामुखको अभिव्यक्ति


काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने देश ठूलो समस्यामा पर्ने चेतावनी दिनु भएको छ ।

भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भिर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको विरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याईदिने बताउनु भएको हो ।

उहाँले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैंमा साथमा रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

आईतबारबाट काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रर्दशनी’को उद्घाटन गर्दै उहाँले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खवरदारी गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो ।

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको सो प्रर्दशनी तीन दिनसम्म चल्नेछ । सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्याष्त्र हुनेगरी कार्टुनहरु बनाउन पनि कार्टुनिष्टहरुलाई आग्रह गर्नु भयो ।