Breaking

देउवा र प्रचण्डबीच भेटवार्ता, महानगर र उपमहानगरमा केन्द्रबाटै उम्मेदवार तय गर्ने सत्ता गठबन्धनको तयारी


काठमाडौँ – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

६ महानगर र ११ उपमहानगरमा केन्द्रबाटै गठबन्धन गर्ने विषयमा देउवा र प्रचण्डबीच कुराकानी भएको बताइएको छ । जिल्लागत स्थिति, पछिल्लो रिपोर्टलगायतका विषयमा छलफल भएको छ । दलहरूले दाबी नछाडेपछि सहमति जुट्न सकिरहेको छैन ।

नेताहरूले सहमति जुट्न नसके मित्रवत प्रतिष्पर्धा गर्नुपर्ने अभिव्यक्ति पनि दिन थालेका छन् । देउवासँगको भेटवार्ताअघि प्रचण्डले नेकपा एकीकृत माजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको थियो ।

यसैबीच प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच पनि आजै भेटवार्ता भएको छ ।