Breaking

भोलिसम्म गठबन्धनले महानगर-उपहानगरका उम्मेदवार टुंग्याउने


काठमाडौँ — सत्ता गठबन्धनका शीर्ष नेतृत्वबीच भोलि सोमबारसम्म देशभरका महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउने सहमति भएको छ ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा केही पालिकाहरुमा उम्मेदवारीको विषयमा समस्या देखिनथालेपछि गठबन्धनका शीर्ष नेताबीच उम्मेदवार टुंग्याउने सहमति भएको हो ।

त्यसैगरी शीर्ष नेताबीच बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे कार्यदलको रिपोर्ट लिने निर्णय पनि भएको छ । उक्त छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टी ९जसपा०बाट अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेता सहभागी थिए ।

पछिल्ला दिन चितवनको भरतपुर महानगरपालिका, कञ्चनपुर जिल्लामा कांग्रेसका नेताहरुले नै गठबन्धन स्वीकार्न नसकिने भन्दै विज्ञप्ति जारी गरेपछि गठबन्धनका शीर्ष नेतृत्वबीच छलफल भएको हो ।