Breaking

एमाले अध्यक्ष ओली भोलि सोलुखुम्बु जाँदै, कांग्रेसका सयौँ नेता कार्यकर्ता एमाले प्रवेश गर्ने


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली सोमबार सोलुखुम्बु जाने भएका छन् ।

जिल्ला समन्वय समितिको प्रांगणमा आयोजना गरिने बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली सोलुखुम्बु आउन लागेको नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए ।

कांग्रेस महाधिवेशन प्रतिनिधि आङकाजी शेर्पाको नेतृत्वमा कांग्रेसका सयौँ नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने बास्तोलाले बताए । बास्तोलाले जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्य, वडा तथा टोल कमिटीका पदाधिकारी तथा जनवर्गीय संगठनका सम्पूर्ण पदाधिकारीहरूलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् ।