Breaking

महानगरवासीको चुनावी चासो, मेयर विद्यासुन्दरले शाक्यले पैसा बाँडेकै हुन् ?


काठमाडौँ — स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै संघिय राजधानी काठमाडौ महानगरको नेतृत्ववारे सर्वत्र चर्चा र चासो सुरु भएको छ । आसन्न निर्वाचनमा पनि महानगरको नेतृत्वलाई लिएर शीर्ष राजनीतिक दलका प्रभावशाली नेतादेखी स्वतन्त्र उम्मेदवारहरुको लावालस्कर नै लागेको छ । ८ लाख ६५ लाख भन्दा बढी जनसंख्या रहेको काठमाडौ महानगरमा तीन लाख मतदाता रहेका छन । यहाँ मतदाता मात्र धेरै होइनन्, महानगरको नेतृत्व लिन चाहनेको लिष्ट पनि लामै छ । पुन नेतृत्वमा दोहोरिन ठुलै कसरत गरिरहेका हालका नेतृत्वले महानगरवासीको समस्या कति सम्बोधन गरे ? महानगरभित्र ढल, सडक, पानी आदीको अवस्था नियाले पुग्छ । यो कार्यकालमा काठमाडौ महानगरको काम भन्दा बढी मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीबीचको टकराव नै चर्चाको केन्द्रमा रह्यो ।

दलहरुको गतिविधि स्थानीय राजनीति केन्द्रित हुँदै गर्दा आम मतदातामा पनि चुनावी चासो बढेको छ । संघिय राजधानी काठमाडौ महानगरको चर्चा नहुने कुरै भएन । महानगरका मतदाता भने पाँच वर्ष महानगर हाँकेका जनप्रतिनिधिसँग खासै सन्तुष्ट छैनन् । महानगरभित्र नेवार समुदायको बर्चश्व छ । यहि सेन्टिमेन्टका आधारमा पार्टीहरुले सकेसम्म नेवार समुदायकै व्यतिmहरु उम्मेदवार उठाउँने गरेका छन । महानगरभित्र निर्णायक मतभार बोकेका नेवार समुदायले मौलिक परम्परा संरक्षणमा केहि सहयोग गरे पनि अन्य विकास निर्माणमा महानगरको सहयोग नपाएको बताउछन् ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दलहरू जनताको घरदैलोमा पुग्न थालेका छन । महानगरको नेतृत्वका लागि शीर्ष राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको लस्कर लामो छ । तर जुन जोगी आए पनि कान चिरेको भनेझै सेवा प्रवाहदेखि सबै तप्कामा आमुल परिवर्तनको सपना देखाउने उम्मेद्वार नेतृत्वमा पुगेपछि व्यवहारमा कार्यन्वयन नहुने प्रवृत्तिवाट महानगरका मतदाता पनि आजित छन ।