Breaking

देउवा–प्रचण्ड–माधव एकै ठाँउमा अटाउनेमा आशंका, गठबन्धन बचाउन यस्ता छन चुनौती


यतिवेला शिर्ष नेतृत्व भैसी देख्दा जोगी डराएको र जोगी देख्दा भैसी डराएजस्तो अवस्थामा छन । एकढिक्का भएर चुनावमा जाने निर्णय गरेका सत्ताघटक दलहरुकै नेताहरुमा यो अवस्था देखिएको हो । एक–अर्काबीच विश्वासको वातावरण नबन्दा उनीहरु एउटै बाटोमा भएर पनि काम भने त्यो अनुरुपको देखिएको छैन, जसले यो गठबन्धन निर्वाचनसम्म टिक्नेमा संशय पैदा भएको छ । स्थानीय तह निर्वाचनका लागि उमेद्धार मनोनयको दिन नजिकिदैँ जादाँ सत्ता गठबन्धनमा भने सिट वाँडफाँड अझ पेचिलो बन्दै गएको छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको एक्लो पेलाईमा कांग्रेसमा पनि तालमेलमा सहभागी हुने भनिएपनि तल्लो तहमा भने माहोल अझ विग्रिदै गएको छ । स्वयम महामन्त्रीस्तरका नेताहरुले पनि स्थानीयको भावना विपरित गठबन्धन हुन नसक्ने बताइसकेका छन । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत गठबन्धन सहज नभएको भन्दै कांग्रेससँगै पनि प्रतिस्पर्धा हुनसक्न समेत अभिव्यक्ती दिएका छन । एकीकृत समाजवादी र जसपाले आफ्नो हैसियतभन्दा बढी स्थानको दाबी गरेकाले तालमेलको विषय कठिन भएको बताएका उनले गठबन्धन अझ पेचिलो बन्दै गएको स्वीकारेका छन । यहि कुरा कांग्रेसका नेताहरुले पनि नबुझेका होइनन् ।

तर देउवाका अगाडी निरिह बनेका उनीहरु यो दलदलबाट बाहिर ल्याउने कुरा पनि देउवाले नै गर्ने बताउँदै आएका छन ।एमालेले अप्राकृतिक भनेको सत्ता गठबन्धन कुनै पनि विषयमा साझा धारणा बनाउन सकिरहेको छैन । एमसीसीको विषयमा पनि कांग्रेसले नै पेलेर अन्य घटकलाई सहमतीमा आउन बाध्य पारेकोमा अहिले चुनावी विषयमा पनि काँग्रेस नै शाबी हुने कतिपयको बुझाइ छ । केवल ओलीलाई प्रतिगमनकारीको विल्ला भिराएर त्यसैमा राजनीति गरिरहेको गठबन्धनका लागि चुनावी तालमेल केवल पद प्राप्ति भन्दा माथि उठ्न सकेको छैन । जसले कांग्रेसलाई केहि फाईदा पुगे पनि माओवादी र एकीकृत समाजवादीलाई नै घाटा पुग्ने राजनीतिक विश्लेषकहरु बताउन ।

यता देउवाले पनि प्रधानमन्त्री बनाएको गुन तिर्न र भोलीका दिनमा सत्ता आरोहण सहज बनाउनैकै लागि गठबन्धनलाई बोकिरहेका छन । चुनावी तालमेलका कारण फाईदा हुनेमा खासै विश्वास नभएपनि कम्युनिष्टहरु एकमात्र नभए पनि आफूलाई प्रयाप्त हुने बुझाईमा देउवा छन । फलत ः माओवादीबाट आफ्नो पार्टीमा प्रवेश गर्नेलाई अघोषित रुपमा व्यान्ड गरेका उनले चितवन माओवादीलाई छोड्ने वचन दिईसकेका छन । सर्वसहमतीमै उमेद्धार छनौट भएर भोट माग्ने गरेका कांग्रेस नेताहरुलाई समेत गठबन्धको माहोल नविगार्न भन्दै देउवाले पछि हट्न बाध्य बनाएका छन् । तर प्रचण्ड भने आफू यो सानो घेरामा नअटाउने कुरालाई घुमाउरो पारामा बताँउदै आएका छन । वाम एकताको विकल्प नभएको बताँउने उनले त्यो कम्युनिष्ट शक्तीको नेतृत्वकर्ता भने आफू हुनुपर्ने भावना प्रकट गर्दै आएका छन् ।

प्रचण्डको यहि मनशाय र आगामी निर्वाचनमा एमालेले भोग्न सक्ने पराजयले उनीहरुबीच मिलन विन्दु बन्न सक्ने सम्भावना बढेको छ । यदि त्यसो भए पुन ०७४ कै अवस्था दोहारिने डर कांग्रेसमा छ । यहि कारण चुनावी तालमेल विरुद्धमा रहेका नेताहरुले अहिले साथ दिए संसदीय निर्वाचनमा मा माओवादी र एकीकृत समाजवादीले कांग्रेसलाई साथ दिने ग्यारेन्टी के भनेर प्रश्न गर्दै आएका छन । जसले रौ जत्रो आशामा अडेको गठबन्धनको ग्लु सकिने निश्चित प्राय ः छ । यसबाट प्रष्ट छ गठबन्धन आगामी संसदीय निर्वाचनसम्म पुर्याएर भावी प्रधानमन्त्री बन्ने प्रयास देउवाका लागि फलाको च्युरा चपाए बराबर देखिन्छ ।