देश

उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसले पुरस्कार दिने


काठमाडौँ — नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्ने भएको छ । कांग्रेसले आज शुक्रवार विज्ञप्ति निकालेर उत्कृष्ट अडियो भिडिओ बनाउनेलाई दुई लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो । प्राप्त गीतमध्ये दर्शक, स्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिने उपसमिति संयोजक डी बी गुरुङले जानकारी दिएका छन् ।

तयार पारिएको अडियो र भिडियोको लिङ्क कांग्रेस स्थानीय निर्वाचन प्रचारप्रसार समिति अन्तर्गतको सांस्कृतिक समन्वय समितिको फेसबुक पेजमा पठाउन सकिने कांग्रेसले जनाएको छ ।