काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन र नेपालबीच सीमा विवाद नरहेको बताउनुभएको छ । सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्नुहुँदै राजदूत यान्छीले दुई देशबीच सीमा विवाद नरहेको प्रष्ट पार्नुभएको हो । नेपालको सरकारी राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रलाई दिनुभएको एक विशेष अन्तर्वार्तामा राजदूत होउले कालापानी नेपाल र भारतबीचको विषय भएको र अहिलेको विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले सौहार्दपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्ग्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सधैं सम्मान उल्लेख गर्नुहुँद राजदूत होउले भन्नुभयो, ‘नेपालले हालै प्रकाशित गरेको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा आफ्नो सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि जनमतको आधारमा चालेको कदम हो । नेपालले चीनको इसारामा यस्तो कदम चालेको भन्ने कुुरा आधारहीन तथा स्वार्थ प्रेरित छ, त्यसमा सत्यता नभएको बताउँदै राजदूत होउले त्यस्तो आरोप एक स्वतन्त्र देश नेपाल र नेपाली जनताको स्वाभिमानप्रति अपमान मात्र नभई नेपाल र चीनबीचको सम्बन्धमाथिको समेत प्रहार भएको बताउनुभएको छ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल सबै मुलुकका लागि सौहार्द दर्साउने बगैचा बन्नुपर्ने बताएकी छिन् । चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै यान्छीले नेपाल भू९राजनीतिक दृष्टिकोणले खेल मैदान बन्न नहुने बताएकी हुन् । अमेरीकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भएको बारे सोधिएको प्रश्नमा राजदूत यान्छीले यस्तो धारणा राखेकी हुन् । राजदुत यान्छीले नेपाल र चीनको सम्बन्धलाई कसैले पनि विस्थापित गर्न नसक्ने दावी गरेकी छिन् ।
उनले अन्तर्राष्ट्रिय विमानस्थल, सडक, उर्जालगायतका भौतिक पूर्वाधार निर्माणमा नेपाल र चीनबीच सहकार्य भइरहेको अन्तवार्तामा बताएकी छन् । नेपालले सन् २०१७ मा बीआरई परियोजनामा हस्ताक्षर गरेको थियो । उनले भनिन्, ुमलाई विश्वास छ कि दुई देशबीचको ठूलो सहयोगमा कुनै पनि कुराले हस्तक्षेप गर्न सक्दैन । बीआरआईबाट नेपाली जनता लाभान्वित भएका छन् र भइरहेका छन् । यसमा मलाई पूर्ण विश्वास छ । हालै भएको चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण सफल रहेको उनले दावी गरिन् ।


प्रतिक्रिया