Breaking

केन्द्रको निर्णय उल्लंघन नगर्न मातहतका संरचनालाई काँग्रेसको निर्देशन


काठमाडौँ – नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले पार्टी केन्द्रले गरेको निर्णय अनुसार तालमेल प्रक्रिया अघि बढाउन मातहतका संरचनालाई निर्देशन दिएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सबै पालिकाहरुमा प्रतिनिधि पठाउन निर्देशन दिने निर्णय गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिनुभयो ।

सहमहामन्त्रीहरुलाई प्रदेश तहमा र प्रदेश तथा केन्द्रीय प्रतिनिधिहरुलाई जिल्लामा पठाइने पनि उहाँले बताउनुभयो । त्यसैगरी स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्र्तगत विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

पार्टीका उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको समितिको बैठकमा चुनावी सभालाई व्यवस्थित बनाउने, आचारसंहिता पालना भए, नभएको अनुगमन गर्ने सम्बन्धमा पनि छलफल भएको उहाँले बताउनुभयो ।