समाचार

आाफ्नै शरीरमा आगो लगाउँदा युवकको मृत्यु


काठमाडौँ — कैलालीका एक युवकको आगोमा जलेर मृत्यु भएको छ । आफ्नै शरीरमा आगो लगाएका कैलारी गाउँपालिका–२ मझेराका २९ वर्षीय अम्मर चौधरीले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति अत्यधिक मादक पदार्थ खाएपछि उनले शरीरमा डिजेल छर्केर आगो लगाउँदा घटना भएको हो । आगोले जलेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।