विदेश

रुसी युद्धपोत विष्फोटपछि समुन्द्रमा डुब्यो


काठमाडौँ — रुसको रणनीतिक महत्वको युद्धपोत मोस्कभाब्ल्याक समुन्द्रमा डुबेको छ ।

बुधबारको विस्फोटमा क्षतिग्रस्त भएको मोस्कभाब्ल्याक समुन्द्रमा डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार प्रमुख लडाकु युद्धपोत बुधबार क्षतिग्रस्त भएपछि तानेर बन्दरगाहतर्फ लैजाँदै गर्दा समुद्रीलहर चलेपछि डुबेको हो । चालकदलका ५ सय १० सदस्य रहेको यो क्रुज रुसी सैन्य शक्तिको निकै महत्वपूर्ण पाटो थियो ।

युक्रेनविरुद्धको आक्रमणमो समुद्रीमार्गको नेतृत्वयही युद्धपोतले गरेको थियो। युक्रेनले आफ्नो मिसाइलले यो युद्धपोतमा आक्रमण गरेको दाबी गरेको छ । तर रुसले भने युक्रेनी आक्रमणबारे केहीबोलेको छैन। रुसले आगलागीपछि क्षतिग्रस्त भएको मात्र बताएको छ ।

आगलागीपछि युद्धपोतमा रहेकागोलाबारुद्धमा विस्फोट भएको रुसी अधिकारीको भनाइ छ। विस्फोटलगत्तै चालकदलका सबै सदस्यलाई बाहिर निकालिएको रुसले जनाएको छ ।