Breaking

एमाले अध्यक्ष ओली आज लमजुङ जाँदै


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज लमजुङ जाँदै छन् ।

लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ स्थित स्मार्टभिलेज घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रमका लागि ओली आज लमजुङ जान लागेका हुन् । अध्यक्ष ओलीले बिहान ११ बजे घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम तय भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए ।

घलेगाउँ पर्यटकहरुको रोजाईमा पर्ने गाउँ मध्ये एक नमुना गाउँ हो । यो गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लै उपस्थिती हुनेगर्छ ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च ९भिटोफ०, गण्डकी प्रदेशलगायत निकायले उत्कृष्ट होमस्टेको श्रेणीमा राखेको घलेगाउँ दुईपल्ट दक्षिण एसियाकै नमुना गाउँ घोषित भइसकेको छ । घलेगाउँका १ सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ ।