Breaking

कांग्रेस निर्वाचन परिचालन कमिटीको बैठक बस्दै


काठमाडौँ — सत्तागठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक बस्दैछ ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुंगो लगाउने जिम्मा सहमहामन्त्रीहरुलाई दिएको छ । उनीहरुलाई प्रदेश छुट्याएको जिम्मेवारी बाँडिएको छ ।