देश

‘ए मेरो हजुर ४’ को बिहानी शो हाउसफुल


‘काठमाडौँ — ए मेरो हजुर ४’ प्रदर्शनमा बिहानको शोमा दर्शकको राम्रो साथ पाएको छ । बिहानी शो सिंगलदेखि मल्टिप्लेक्ससम्म हाउसफुल भएको छ । देशकै ठूलो मल्टिप्लेक्स क्युएफएक्समा पनि हाउसफुल रहेको प्रणाली विभाग प्रमुख रानु विष्टले बताइन् । ‘ए मेरो हजुर ४ को बिहानको शो राम्रो गइरहेको छ । आज नयाँ वर्षको दिन भएर पनि दर्शकको उपस्थित उत्साहजनक छ । बिहानको सबै शो हाउसफुल भएको छ’, उनले भनिन् ।

बुधबार बिग मुभिजमा ‘ए मेरो हजुर ४’ को प्रिमियर राखिएको थियो । कलाकारहरुले प्रिमियरमा फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । झरना थापाले निर्देशन गरेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतमलगायत कलाकारहरूको अभिनय छ । फिल्मको कथा निर्देशक झरना थापाले लेखेकी हुन् । ए मेरो जजुर ४ ले भारतीय फिल्म केजिफसंग प्रतिस्प्रधा गर्ने छन् ।