Breaking

गठबन्धन र चुनावी तालमेल हितकर छैन, पार्टीको निर्णय मानेको छु : गगन थापा


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलबीच तालमेल गर्ने निर्णप्रति असन्तुष्टि जनाएका छन् ।

नयाँ वर्ष २०७९ सुरु भएको उपलक्ष्यमा बिहीबार काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन र चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर नभएको टिप्पणी गरेका हुन् ।