समाचार

काठमाडौँमा कार दुर्घटना हुँदा चालकको मृत्यु


काठमाडौँ — काठमाडौँमा गएराति कार दुर्घटना हुँदा एक युवको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका १९ कङ्केश्वरीमा मध्यराति बा ७ च ८२०८ नम्बरको कार दुर्घटना हुँदा त्यसका चालक चितवन मिलनरोड घर भएका ३६ वर्षीय अङ्कित पण्डित शर्माको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका शर्माको ट्रमा सेन्टरमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिको कार आफैं अनियन्त्रित भएर पल्टिँदा शर्माको मृत्यु भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।