समाचार

नेपाल आइपुगे सलमानका भाइ


काठमाडौँ — बलिउड स्टार सलमान खानका भाइ सोहेल खान बुधबार नेपाल वायुसेवा निगमको उडानमा मुम्बईबाट काठमाडौँ आइपुगेका छन् ।

उनी आगामी जेठ १४ मा दशरथ रंगशालामा हुने सलमानको ‘दबंग लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रमको तयारी लगायत विषयमा जानकारी लिन काठमाडौँ आएका हुन् ।

आयोजक ओडीसी इन्टरटेन्मेन्ट प्रालिका अनुसार आज बिहीबार दिउँसो १ बजे सोल्टी होटलमा आयोजना गरिने पत्रकार सम्मेलनमा सलमानका भाइ सोहेल सहभागी हुनेछन् र आजै साँझ भारत फर्किने छन्।