Breaking

काठमाडौं र ललितपुर महानगरमा माओवादीले मेयर दाबी नगर्ने


काठमाडौँ — नेकपा माओवादी केन्द्रले राजधानी काठमाडौंका दुई महानगरमा मेयर दाबी नगर्ने भएको छ । मेयरमा दाबी नगरेपछि उपमेयर भने नछाड्ने माओवादी केन्द्रका नेताहरु बताउछन् । माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले गठबन्धनमा पहिले जितेको ठाउँमा सम्बन्धित दलले नै लिने सहमति भएकाले आफूहरुले मेयरमा दावी नगर्ने बताए ।

‘गठबन्धनको बैठकमा पहिले जितेको स्थानमा सम्बन्धित पार्टीकै हुने भन्ने भएकाले महानगरमा नेपाली कांग्रेसको हुने भन्ने भएको छ,’ उनले भने, ‘उपमेयर माओवादीले लिने भन्ने कुरा हो । शर्मा आफूहरुले मेयर छाडेर उपमेयर लिए पनि वडा भने धेरै लिने बताउँछन् । २०७४ को चुनामा माओवादीले काठमाडौं महानगरका एक वडा पनि जित्न सकेको थिएन । तर, उनी आफूहरुको अवस्था अहिले सुध्रिएको बताउँछन् ।