Breaking

गठबन्धनविरुद्ध आफ्नो दल एक्लै लड्ने एमाले धमाधम तालमेलमा


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल एक्लै चुनाव लड्ने घोषणा गरेका थिए । उनले सत्ता गठबन्धनविरुद्ध आफ्नो दल एक्लै काफी रहेको बताएका थिए । तर, चुनाव नजिकिदै गर्दा ओलीले धमाधम चुनावी तालमेल गर्न थालेका छन् । ओलीले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग चुनावी तालमेल गरेका छन् । एमाले र राप्रपा नेपालबीच तालमेल गर्ने सहमति समेत भएको छ ।

राप्रपा नेपालका उम्मेदवारहरु एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने सहमति बनेको छ । यसैगरी, ओलीले परिवार दलसँग पनि चुनावी तालमेल गरेका छन् । परिवार दलका उम्मेदवारहरु एमालेको सूर्य चिन्हबाट चुनाव लड्नेछन् । ओलीले साना दल र समूहहरुलाई समेट्दै चुनावी तालमेलहरु गर्न थालेका छन् ।