देश

माओवादीले चुनावी पोस्टरबाट कुलमानको फोटो हटायो


काठमाडौँ — नेकपा माओवादी केन्द्रले चुनावी प्रचार सामग्रीमा राखिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेजमा राखिएको डिटिजल पोस्टरमा कुलमान घिसिङको पनि फोटो राखिएको थियो । यसको चर्को आलोचना भएपछि माओवादीले कुलमानको फोटो हटाएको हो ।