देश

ए मेरो हजुर ४ भारतीय फिल्म केजीएफ २सँगै भिड्ने


काठमाडौँ — अभिनेत्री झरना थापा निर्देशित ए मेरो हजुर ४ दक्षिण भारतीय फिल्म केजीएफ २सँगै भिड्ने भएपछि धेरैले यो फिल्म अर्को मितिमा सार्ने अनुमान गरेका थिए । दर्शकमा बहुप्रतिक्षित केजीएफ २सँग एउटै मितिमा फिल्म प्रदर्शन गर्ने भन्दै थापाको टिमले प्रचारसमेत थाल्दा पनि अन्तिम समयमा फिल्म अर्को मितिमा सर्ने हल्ला चल्यो ।तर‚ अभिनेत्री एवं निर्देशक थापाले आफूहरूले निर्धारित समयमै फिल्म प्रदर्शन गर्ने बताएकी छन् । मंगलबार अभिनेत्री थापाको टिमले सामाजिक सञ्जाल फेसबुकमार्फत केजीएफ प्रदर्शन हुने मितिमै आफ्नो फिल्म प्रदर्शन गर्ने जानकारी दिएको हो ।

हामी तपाईंहरूमाझ तपाईंहरूले नै मन पराएर सुपरहिट बनाउनु भएको चलचित्र ए मेरो हजुरुको चौथो श्रृङ्खला लिएर पूर्वघोषित मिति अर्थात् नयाँ वर्ष ०७९, वैशाख १ मै देशभरका सम्पूर्ण हलहरूमा आउँदैछौं, झरनाले फेसबुकमा लेखेकी छन्हा मीले हाम्रो पहिलो चलचित्र धर्मसंकटदेखि गोर्खाली, ए मेरो हजुर, तक्दिरलगायत सबै चलचित्रमा यहाँहरूको असीम माया, साथ र हौसला पाइरहेका छौं । तपाईंहरू नै हाम्रो पहिलो र अन्तिम तागत हुनुहुन्छ । त्यसैले ए मेरो हजुर ४लाई पनि तपाईँहरूको अझ धेरै साथ र सद्भावको जरुरी परेको छ ।

आफ्नो फिल्म निर्धारित मितिबाट पछि हट्न लागेको हल्ला फैलिएकोमा दु ख लागेको भन्दै उनले आफूहरूले रोजेको मैदानबाट पछाडि नहट्ने वाचा गरेकी छन् । चाहे जस्तोसुकै परिस्थिति आओस् हामी हामीले रोजेको र तोकेको मैदान छाडेर एकरत्ति पनि पछि हटेका छैनौं । यसमा नेपाली चलचित्रको भलो नचाहनेहरू ढुक्क भए हुन्छ । हाम्रो चलचित्र सम्पूर्ण हलहरूमा पुगिसकेको छ ।