Breaking

रोल्पामा कांग्रेसले माग्यो ५ पालिका प्रमुख


काठमाडौँ — नेपाली कांग्रेसले रोल्पामा १० मध्ये ५ पालिकाको नेतृत्व दाबी गरेको छ । जिल्लामा आफ्नो अवस्था विगतको भन्दा बलियो भएको भन्दै कांग्रेसले गठबन्धन गर्ने भए सम्मानजनक हुनुपर्ने बताएका हुन् ।

५ पालिकाको प्रमुख, ५ पालिकाको उपप्रमुख, ३६ वटा वडामा वडाध्यक्षसहित एक सदस्य र ३६ वटा वडामा ३ सदस्य पाए मात्र गठबन्धन गर्ने कांग्रेस जिल्ला सभापति किशोरकुमार आचार्यले बताएका छन् ।