Breaking

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त


काठमाडौँ — सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ । शैलेन्द्र खनाल चार वर्षे कार्यकाल पूरा गरेर सोमबारदेखि अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई आईजीपीमा नियुक्त गरेको हो ।

खनालको बिदाइपछि केसीलाई निमित्त प्रमुखको जिम्मेवारी समेत दिइएको थियो । एआईजी पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख थिए । रामशरण पौडेल र केसी आईजीपीका प्रतिस्पर्धी भए पनि सरकारले वरियतामा अगाडी रहेका केसीलाई नै आईजीपी बनाएको हो ।