Breaking

माओवादीले हटायो चुनावी प्रचारबाट कुलमानको तस्बीर


काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रचार सामग्रीमा राखिएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङको तस्बीर हटाएको छ ।

बुधबार बिहान पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको सो डिजिटल पोष्टर हटाइएको हो ।

आफ्नो तस्विरसमेत पोष्टरमा राखिएकोमा घिसिङले आपत्ति जनाएका थिए । यस्तै सरकारी निकायको व्यक्तिको तस्वीर प्रचार गरेको भनेर व्यापक विरोध भएको थियो । निर्वाचन आचारसंहिताविरुद्ध पनि थियो । सरकारको कुनै निकायमा रहेको व्यक्तिलाई कुनै जानकारी नै नराखी प्रचार गरिनु गलत भएको भन्दै तत्काल हटाउन आग्रह गरेको बताए ।

अहिले उक्त पेजमा प्रचण्डको मात्र तस्बिर भएको चुनावी पोष्टर राखेर ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको’ लेखिएको छ ।