Breaking

माओवादीको निर्वाचन प्रचार सामग्रीमा कुलमान घिसिङको तस्बीर


काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रचार सामग्रीमा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङको तस्बीर प्रयोग गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आधिकारिक फेसबुक पेजबाट आज सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो । स्थानीय तह निर्वाचन प्रचारको पोष्टरमा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनार्दन शर्माको तस्वीरसँगै घिसिङको पनि तस्बिर राखिएको छ ।