Breaking

कमल थापाकी छोरी प्रतिष्ठा थापाले राप्रपा त्यागिन्


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेकी छिन् ।

गएको पुसमा भएको राप्रपाको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थापाले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट राजीनामा दिएकी हुन् ।

राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखी देखिएको सैद्धान्तिक र नैतिक बिचलनका कारण आफुले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजिनामा पत्रमा उल्लेख गरेकी छिन् ।