Breaking

मावि तहको शिक्षक लाइसेन्सका लागि विज्ञापन खुल्यो


काठमाडौँ — शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ ।बुधबार सूचना जारी गर्दै आयोगले विज्ञापन खुलाइएको जानकारी दिएको हो । इच्छुकले आजदेखि बैशाख २९ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर भने जेठ ५ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

शिक्षक सेवा आयोगको नियमावली–२०५७ अनुसार तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन दरखास्त भर्न सक्ने आयोगले जनाएको छ । आयोगको वेबसाइटमा पनि विवरण भर्न सकिनेछ।