Breaking

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, घोषणापत्र तयारीबारे छलफल गर्ने


काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठब बस्दै छ । स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक बज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्दैछ ।

महामन्त्री गगन थापा संयोजक रहेको घोषणा पत्र तयारी समितिले विभिन्न क्षेत्रका विज्ञसंग छलफल गरी घोषणापत्रमा समेटिने पर्ने विषयमा सुझाव लिइरहेको ।