Breaking

उपमहानगरपालिकाको उम्मेदवार चयन केन्द्रले गर्ने


काठमाडौँ — नेपाली कांग्रेसको प्रदेश कार्यसमितिको अधिकार सत्ता गठबन्धनले खोसेको छ ।

कांग्रेसको विधान अनुसार उपमहानगरपालिकाको प्रमुख र उप प्रमुखको उम्मेदवार तय गर्ने अधिकार प्रदेश संसदीय बोर्डलाई छ । नगरपालिकाको प्रमुख र उपप्रमुखको टिकट बाँड्ने अधिकार पनि प्रदेश संसदीय समितिलाई छ । नगरपालिकाको प्रमुख र उपप्रमुखको चयन गर्ने अधिकार भने खोसिएको छैन ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले उपमहानगरको उम्मेदवार चयन गर्ने प्रदेश समितिको अधिकार खोसेको हो । प्रधानमन्त्री शेरबहादुर निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठक पछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुुर कार्कीले महानगरपालिका उपमहानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारको गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने निर्णय गरेको जानकारी दिए ।

कांग्रेस विधानमा केन्द्रीय संसदीय समितिलाई महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको मात्रै टिकट बाँड्ने अधिकार छ । विधान अनुसार पार्टीको केन्द्रीय संसदीय समितिले छ महानगरका प्रमुख र उपप्रमुखका १२ उम्मेदवार चयन गर्न पाउने व्यवस्था छ ।

मंगलबार बसेको शीर्ष तहको बैठकले उपमहानगरका थप २२ पदको उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ । ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको निर्णय पनि केन्द्रले गर्नेछ ।