Breaking

चुनावी भिडन्त, गठबन्धनमा विमेल, उम्मेद्वार छान्नै सकेनन्


काठमाडौँ — चुनावीको असली रौनक उम्मेद्वार छनोट भएर निर्वाचनमा होमिएपछि मात्रै देखिन्छ । तर केन्द्रीय नेतृत्व उम्मेद्वार छनोटभन्दा विपक्षीमाथिको आक्रमणमा रमाइरहेका छन् । स्थानीय तहको निर्वाचनका उम्मेद्वारलाई भोट हाल्न अब झण्डै एक महिनाको समय बाँकी छ । चुनाव स्थानीयको तर केन्द्रीत नेतृत्व टिकट बाँडफाँडको अन्तिम कसरत चलाइरहेको छ ।केन्द्रबाटै उम्मेद्वार छानिदै छ, केन्द्रकै निर्देशन पर्खेर नेताहरु बसिरहेका छन् । तरपनि उम्मेद्वारी छनोटको विषय अलमलमात्रै होइन निकै पेचिलो बनेको छ ।तथापी केन्द्रीय नेतृत्व आफ्नो पक्षमा माहोल बनाउन विपक्षीविरुद्ध आक्रामक रुपमा उत्रिएको छ । र यसको अग्रभागमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओली ।

एमाले अध्यक्ष ओलीविरुद्ध सिंगै पाँच दलीय गठबन्धन उभिएको छ ।काँग्रेससँग मुख्य प्रतिस्पर्धा भए पनि गठबन्धनबीच नै चुनावी तालमेल भएपछि ओली माओवादी र एकीकृत समाजवादीमाथि खनिएका छन् । प्रचण्डसँग कार्यकर्ता छैनन्, उनी हेटक्वाटरमात्रै हुन्, कार्यकर्ता आफुसँग आइसके, अब प्रचण्ड–माधव काँग्रेसको जिउँका मच्छड र झिँगा धपाएर बस्ने ओलीको दाबी छ । तर ओलीविरुद्ध गठबन्धन गरेका प्रचण्ड–माधव झनै अटेरी छन् । काँग्रेससँग तालमेल गरेपछि बलिया बनेका उनीहरु ओलीको पराजयका लागि पनि आफुले जित्नुपर्ने दाबी गरिरहेका छन् ।

यो निर्वाचन आफु जित्नका लागि नभइ एमाले हराउनका लागि मुख्य बनाएका माओवादी र समाजवादीयही बुझाइकै आधारमा काँग्रेससँग तालमेल गर्न बाध्य बनेका हुन् ।तर गठबन्धनभित्रै उम्मेद्वारी छनोटको थप पेचिलो बन्दै गएको छ । एक महिना बाँकी रहँदा पनि उम्मेद्वारको टुंगो नलाक्दा चुनावी सरगर्मीको खास रुप बाहिरिएको छैन । उम्मेदवार लिएर चुनावी प्रचारमा निस्किने बेला दलहरू भने उम्मेदवार चयन गर्न नसकेर आन्तरिक विवादमा फसेका छन ।कार्यकर्ता टिकटको सुनिश्चिता नभएपछि पार्टी फेरबदलकोरंगमञ्च चलाइरहेका छन् ।चुनावी तालमेलको टड्कारो आवश्यकता महसुस गरेर पाँच दलीय संयन्त्र बनाउने भनिएपनि करिब दुई दर्जनभन्दा बाँकी अधिकांश जिल्लामा यो संयन्त्र नै बनेनन् । बरु केन्द्रले हस्तक्षेप गर्न खोजे विद्रोह गर्ने नेताहरुको चेतावनीले गठबन्धनमा विमेल र एमालेमा सामेल हुने सम्भावनाबढेको छ ।