देश

विप्लवजी चुनावमा भाग लिनुहोस् सूर्य चिह्नबाट चुनाव लड्नुहोस्, जित्नुहोस्: ओली


काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्दको पार्टीलाई अघि सारेर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल चुनाव सार्ने षड्यन्त्र गरिरहेको बताएका छन् । उनले चन्दलाई सहभागी गराउने नाममा कुनै पनि हालतमा चुनाव सार्नु मान्य नहुने चेतावनी दिए । विगतमा विभिन्न बहानामा चुनाव सारिएको उल्लेख गर्दै उनले त्यस्तो अवस्था आए प्रतिवाद गर्ने उल्लेख गरे । उनले देउवा, दाहाल, र नेपालको षड्यन्त्रमा परेर चुनाव नै धकेल्ने खेलमा नलाग्न चन्दसँग आग्रह गरे । ललितपुरमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चन्दलाई एमालेको सूर्य चिह्नबाट चुनावमा उठ्न आग्रह गरे । अहिले पनि चुनाव सार्ने कोसिस गरेका छन् । विगतमा पनि स्थानीय तह रिक्त गराउने शेरबहादुरजी नै हुनुहुन्थ्यो २०५९ कै जस्तो अवस्था फेरि नहोस् ।

उहाँले देशलाई प्रतिगमनमा पुर्‍याएको रेकर्ड छ । तर शेरबहादुर, प्रचण्ड, माधव चुनाव रोक्न लाग्नु भएको छ,ु उनले भने । चुनाव सर्ने अस्त्रको रुपमा चन्दलाई देखाउन खोजेको ओलीले बताए । यसका लागि विप्लवलाई देखाउन खोज्नुभएको छ म अहिले विप्लवजीलाई भन्छु तपाईं लोकतन्त्रविरुद्धको षड्यन्त्रमा नलाग्नुहोस् । तपाईंलाई षड्यन्त्रकारी नेता होइन तर षड्यन्त्रको सिकार हुँदै हुनुहुन्छु, ओलीले भने । उनले अहिलेको चुनावमा स्वतन्त्र ढंगले चुनावमा भाग लिन चन्दलाई आग्रह गरे । विप्लवजीलाई भन्न चाहन्छु चुनावमा स्वतन्त्र ढंगले भाग लिनुहोस् । सूर्य चिह्नबाट चुनाव लड्नुहोस्, जित्नुहोस्ु ओलीले भने ।