देश

जनता समाजवादी पार्टी सुदूरपश्चिमका अध्यक्ष माओवादीमा प्रवेश


काठमाडौँ — जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवं पहिलो संविधान सभा सदस्य कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमका बीच चौधरीलाई अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रवेश गराएका हुन् ।

माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टको पहलमा चौधरीसहितका नेता कार्यकर्ताले जसपा त्यागेका हुन् । जसपा नीति र विचार ठिक नलागेको भन्दै माओवादी प्रवेश गरेको चौधरीले बताए । यस्तै बुद्धिराज नाछिरिङ‘दुर्लभ जन्ते’ एमाले परित्याग गरेर माओवादी प्रवेश गरेका छन् ।