Breaking

एमालेले जितेका महानगरसहित ५० प्रतिशत चाहियो: अध्यक्ष नेपाल


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले २०७४ मा नेकपा एमालेले जितेका २९३ स्थानीय तहमध्ये ५० प्रतिशत आफुले पाउनुपर्ने प्रस्तावसहितको ‘बटमलाइन’ अघि सार्ने भएका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनभित्र तालमेलको मोडालिटीबारे अन्तिम टुंगो लगाउने प्रयास भइरहेका बेला नेकपा समाजवादीले औपचारिक रुपमै गठबन्धनको बैठकमा यस्तो प्रस्ताव अघि सार्ने तयारी गरेको हो । समाजवादीको यो प्रस्तावमा गठबन्धनभित्रका दलहरुले सहमति जनाए १४६ सिट पाउने छ ।

तर, समाजवादीको यो प्रस्तावमा गठबन्धनभित्र रहेका काँग्रेस, माओवादी केन्द्र, समाजवादी र जनमोर्चाले सहमति जनाउँछन् या जनाउँदैनन् भन्ने अनिश्चित छ । गठबन्धन स्रोतका अनुसार नेकपा समाजवादीको प्रस्तावमा समाजवादी र जनमोर्चाले सहमति जनाउन सक्ने भएपनि खासगरी नेपाली काँग्रेसले के गर्छ भन्ने महत्त्वपूर्ण रहने बताइएको छ । नेकपा एकीकृत समाजवादीका महासचिव डा। बेदुराम भुसालले गठबन्धनमा चुनावी तालमेलका विभिन्न मोडालिटीबारे सामान्य छलफल भएपनि ठोस छलफल नभएको भन्दै आफ्नो पार्टीको बटमलाइन भने प्रस्ट रहेको बताए ।