देश

माओवादी र माकुने गुट काँग्रेसको झिँगा धपाउने पुच्छर: ओली


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र माकुने गुट काँग्रेसको झिँगा धपाउने पुच्छर मात्रै भएको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष माओवादी केन्द्र र माकुने गुट काँग्रेसका जिउमा बसेका झिँगा धपाउने पुच्छर मात्रै भएको बताएका हुन् । ‘माओवादी केन्द्र र माकुने गुट भनेका काँग्रेसका जिउमा बसेका झिँगा धपाउने पुच्छर मात्रै हुन्’, ओलीले भने,‘यस्ताहरू एमाले सिध्याउन हिडेँका

उनले काँग्रेस नीतिहिन र विचारहिन पार्टी भएको पनि बताए । उनले काँग्रेसले १५ दिनसम्म गरेको महाधिवेशनमा कुनै विचार आउन नसकेको बताए । कुनै राजनीति, जननीति र विकासको बारेमा चर्चा नगर्ने काँग्रेसको महाधिवेशनमा सत्ता जोगाउने विषयमा मात्रै चर्चा भएको भन्दै भने, ‘कठैबरी काँग्रेस रु कति मायालाग्दो छ ।’ उनले माओवादी केन्द्रको महाधिवेशनबारे पनि चर्चा गरे ।

‘माओवादीको महाधिवेशन चालु नै छ पदाधिकारी छान्न सकेन, प्रचण्ड साँझ छ । ढाँटछलको प्रस्ताव पेश भयो त्यति हो ।’ उनले एमालेमा प्रवेश गर्न लागेका मानिसहरुलाई गठबन्धनले थुनेर राखेको भन्दै एक जनालाई थुनेपनि हजारौ एमालेमा आइरहेको बताए । एमालेमात्रै विकास र सम्बृद्धिको पक्षपाती भएको भन्दै वर्तमान सरकारले गर्छु भनेपनि केही गर्न नसक्ने बताए । उनले हुतिहारा सरकार भन्दै ४० करोड काण्ड मच्चाएको बताए । उनले सोही ४० करोडको सुचना गभर्नरले चुहाउँछ भनेर कारवाही गरिएको दावी गरे । ‘यो सरकार भ्रष्ट सरकार, पैसा छैन, विकास छैन । भरसक स्थानीय तहलाई पंगु बनाउने प्रयास छ । यिनीहरु पाँच दल भनेका एउटै हुन्’, ओलीको भनाई छ । उनले माओवादी र माधव नेपालको पार्टी पुच्छर भएपनि काँग्रेस नै भएको टिप्पणी गरे ।