देश

स्थानीय तह निर्वाचनमा एक महानगर र एक उपमहानगरमा हाम्रो दाबी छः खनाल


पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी का नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले एक महानगरपालिका र एक उपमहानगरपालिकामा दाबी गरेको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै खनालले यस्तो बताएका हुन् । उनले महानगरपालिका र उपमहानगरपालिकाको चुनावी तालमेल केन्द्रबाटै टुंगो लाग्ने सहमति गठबन्धन दलमा भइसकेको पनि बताए ।

महानगर र उपमहानगरको चुनावी तालमेल भने तल्लो तहकै सहमतिका आधारमा हुने जानकारी दिँदै खनालले तालमेलको मोडालिटी भने केन्द्रले तय गर्ने बताए । केन्द्रले तालमेल कसरी गर्ने भन्नेबारेमा टुंगो लगाएपछि त्यसै अनुसार गठबन्धनको प्रदेश, जिल्ला र पालिकास्तरीय संयन्त्रले निर्णय गर्ने उनको भनाइ छ ।