Breaking

लुम्बिनीमा गठबन्धनले अन्य दलसँग तालमेल गर्न नपाउने


काठमाडौँ — केन्द्रमा सत्तारुढ दलहरूको पाँच दलीय गठबन्धनले आगामी निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन सार्वजनिक अपिल गरेका छन् ।

यो सँगै लुम्बिनी प्रदेशमा पनि पाँच दलले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।

सोमबार बुटवलमा भएको पाँच दलीय गठबन्धनको बैठकले विगत ७० वर्षदेखि नेपाली जनताको अनावरत सङ्घर्षबाट प्राप्त भएको उपलब्धी प्रतिगमनका कारण धरापमा परेको भन्दै आन्दोलनको रक्षा गर्न गठबन्धनको आवश्यकता भएको निश्कर्ष निकालेका हुन् ।

त्यस्तै बैठक पछि संयुक्त प्रेस विज्ञप्ति निकालेर प्रदेशमा पाँच दलीय गठबन्धनमा रहेका दलहरूले अन्य पार्टीसँग चुनावी एकता वा तालमेल गर्न नपाउने निर्णय समेत गरेका छन् । मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले पाँच दलीय गठबन्धन मजबुत बनाउन सहमति जनाउँदै अन्य कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेका हुन् ।