Breaking

भरतपुर माओवादी केन्द्रलाई दिन देउवा सहमत


काठमाडौँ – सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले यसपटक चितवनको भरतपुर महानगरपालिकाको मेयर पद सत्ता साझेदार नेकपा माओवादी केन्द्रलाई दिन तयार भएका छन् ।

सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसको स्थानीय नेतृत्वले यसपटक चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा आफ्नो पार्टीबाट उम्मेदवार हुन पाउनुपर्ने अडान लिइरहेका बेला प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सत्ता साझेदार नेकपा माओवादी केन्द्रलाई त्यो सिट दिन तयार भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा हाल मेयर रहेकी छोरी रेणुलाई पुनः अवसर दिइनुपर्ने जिकिर गरिरहेका छन् । सोही कुरा उनले प्रधानमन्त्री देउवासमक्ष राखेपछि देउवा गठबन्धन टुट्ने डरले प्रचण्डको माग पूरा गर्न तयार भएको स्रोतले दाबी गरेको छ ।

सोमबार बालुवाटारमा भएको गठबन्धनको बैठकमा अघिल्लो निर्वाचनमा गठबन्धनका जुन दलले जहाँ जहाँ जितेका थिए, त्यो ठाउँ यसपालि पनि उसैलाई दिने सहमति भएको हो। यसले गर्दा भरतपुर महानगर स्वतः माओवादी केन्द्रले पाउने निश्चित भएको स्रोतको दाबी छ ।