काठमाडौँ — बलेफी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने भएको छ ।
बिहान ९ बजे लक्ष्मण बाबु भवन, नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । यसको प्री–अलोटमेन्ट भने शुक्रबार सम्पन्न भइसकेको छ । यस कम्पनीको आईपीओ हात पार्न भाग्यकै भर पर्ने भएको छ ।
यसमा मागभन्दा १५ दशमल ७६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ। कुल २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख ६६ हजार ३४५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ ।
प्रतिक्रिया