Breaking

मेयर मोह: शक्ति पैसाको लालाशा कि परिवर्तनको ? किन यति धेरै आकंक्षी ?


संघीयता लागु भईसकेपछिको दोश्रो स्थानीय तहको निर्वाचन २०७९ साल बैशाख ३० गते हुँदैछ । संघीयता कार्यान्वयको आधारका रुपमा समेत हेरिएको यो निर्वाचनमा मेयर बन्ने आँकक्षी ह्वात्तै बढेका छन । अहिले मन्त्री, गायक देखि नायक र स्वतन्त्र उमेद्धारले समेत मेयरमा धमाधम दावेदारी प्रस्तुत गरिरहेका छन । जुन दौडमा पुरानै अनुहार पनि देखिएका छन । आखिर मेयरमा यस्तोे क्रेज किन ?

स्थानीय तहको निर्वाचन आउन ३२ दिन बाँकि रहँदा देशका ६ महानगरपालिकाहरूमा यतिखेर मेयर पदमा अधिकांशले आँखा गाडेका छन । जसका लागि राजनीतिक व्यक्तिमात्र नभएर गायक देखि नायकसम्म र स्वतन्त्र उमेद्धारका रुपमा उम्मेदवारी दिन चाहनेको भीड नै देखिन्छ । मेयरको दौडमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई देखि महानायक राजेश हमाल र अन्य नायक र गायकहरुको चर्चा चलेको छ ।

यसरी पूर्वप्रधानमन्त्रीदेखि, मन्त्रीदेखि, कलाकार, लेखक, फेसनिस्ट, गायक, नर्ससम्म सबैले धमाधम मेयरका लागि विभिन्न ठाउँबाट उम्मेदवारीको चाह गर्दैगर्दा केहि महानगरको मेयर पदमा देखिएको आकंक्षाका कै कारण राष्ट्रिय राजनीतिको समिकरण नै परिवर्तनको खतरा समेत बढेको छ ।

विरगञ्जमा टिकटकै लागि वहालवाल मेयरले पार्टी परिवर्तन गरेका छन भने पोखरामा युवाहरूलाई स्थानीय सरकारको नेतृत्वका आह्वान गर्दै स्वतन्त्र उमेद्धार गणेश पौडेलको नेतृत्वमा ‘अटेरी अभियान’ नै चलेको छ । यता केन्द्रमा मन्त्री नपाएकी कांग्रेस नेतृ डा.डिला संग्रौला विराटनगरको मेयरमा दावेदारी प्रस्तुत गर्दैछिन ।

एमाले नेता तथा पूर्वमन्त्री लालबाबु समेत यो दौडमा रहँदा काठमाडौँको मेयरमा दर्जनबढिको दावेदारी देखिएको छ । जहाँ जनतामात्र नभई स्वयम आफ्नै पार्टीका नेता कार्यकर्ताले समेत आलोचना गरेका वहालवाल मेयर विद्यासुन्दर शाक्य नै फेरि दोहोरिने दाउमा छन । उनलाई एमालेकै नेता तथा पूर्वमन्त्री रामबीर मानन्धर लगायतले चुनौती थपिदिएका छन ।

ललितपुर महानगरमा वहालवाल मेयर चिरीवावु महर्जन तम्सिरहँदा अधिंकाश स्थानीय तहमा पुरानै अनुहारहरु जवरजस्त रुपमा अघि बढेका छन भने नयाँको उपस्थिती पनि कम आक्न मिल्ने देखिदैन । जसलाई राजनीतिक विश्लेषकहरुले सकारात्मक रुपमा अथ्र्याएपनि यो क्रेजमा पदको राजनीतिक र आर्थिक शक्तिको मोहको कुरालाई नकार्न नसकिने उनीहरुको भनाई छ ।

संविधानको अनुसूची ८ र ९ अनुसार स्थानीय तहमै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अभ्यास हुने हुनाले पनि हाल स्थानीय सरकार आफैँमा हरेक स्रोतसाधन, कानुन, बजेटलगायतका संरचनागत शक्तिले सबल भएको छ । विगत पाँच बर्षको यो अभ्यास हेरेर बसेकाहरु अहिले यहि शक्ती प्राप्तीका लागी पनि मेयरको दौडमा देखिएका छन् ।

अर्कातर्फ मेयरमा दावेदारी वार्गेनिङको आधार पनि देखिएको छ । टिकट पाउने नपाउने पछिको कुरा भएपनि दावी गरी राखे आफ्नो व्यवस्थापन प्रदेश र संघमा हुने सम्भावना बढ्ने बुझाई राजनितिक पृष्ठभूमीका आकंक्षीहरुमा देखिन्छ । फलत ः उनीहरु केन्द्रकै समिकरण परिवर्तन हुने अवस्था आँउदा पनि शशक्त रुपमै अघि बढिरहेका छन । भरतपुर महानगरमा देखिएको परिस्थिती यसको उदाहरण बनेको छ ।

हुन त यो उभारका लागि गत निर्वाचनमा काठमाडौँमा युवा उमेद्धारले पाएको मतले पनि मद्द गरेको छ । त्यस्तै मेयरको टिकट वितरणमै निकै गहिरिएर सोच्न अवस्था समेत यसले सिर्जना गरिदिएको छ । तर यहि बढ्दो आकक्षींको संख्याले मात्र स्थानीय चुनावमा देखिनेगरीको परिवर्तन हुनेमा भने विश्वास गर्ने आधार भने देखिदैन ।