राजनीति

आर्थिक सूचक सकारात्मक हुँदै गएको अर्थमन्त्रीको दावी


काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सूचकहरु सकारात्मक हुँदै गएको दाबी गर्नुभएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै उनले अर्थतन्त्रमा संकट नआएको समेत धारणा राख्नुभयो । चालु आर्थिक वर्षमा ७ प्रतिशत वृद्धिको लक्ष्य राखिएको उहाँले दाबी गर्नुभयो ।

मन्त्री शर्माले ९८ प्रतिशत उद्योग सञ्चालनमा आएको र वैदेशिक रोजगारीमा पनि सुधार भएकाले आर्थिक वृद्धिमा सुधार आउने जानकारी गराउनुभयो ।

निक्षेप संकलन ३ प्रतिशतले बढेको र कर्जा १२ प्रतिशतले बढेको उहाँको भनाइ छ । उहाँले निक्षेपभन्दा कर्जा प्रवाह धेरै हुँदा तरलता अभाव भएको दावी समेत गर्नु भयो ।
मन्त्री शर्माले सहुलियत कर्जा प्रदान गर्दा पनि यस्तो चाप अर्थतन्त्रमा धारणा राख्नु भयो ।