काठमाडाैँ – पाकिस्तान मुस्लिम लिगका नेता शेहबाज शरिफ पाकिस्तानको नयाँ प्रधामन्त्री बनेका छन् । पाकिस्तान तेहरीक–ई–इन्साफले राष्ट्रिय सभा बहिष्कार गरेपछि शेहबाज निर्विरोध प्रधानमन्त्री बनेका हुन् ।
शेहबाजको पक्षमा १७४ सांसदले मतदान गरे । निवर्तमान प्रधानमन्त्री इमरान खान अविश्वासको मतबाट पदच्युत भएपछि शेहबाज पाकिस्तानको ३१ औँ प्रधानमन्त्री बनेका हुन् ।
सत्तरी वर्षीय शेहबाज तीनपटक पाकिस्तानका प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन् । उनी पाकिस्तान पञ्जाबका तीन पटक मुख्यमन्त्री भइसकेका छन् ।


प्रतिक्रिया