Breaking

७ दिनभित्र जवाफ दिन शशांकलाई आयोगको निर्देशन


काठमाडौँ – निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता तथा सांसद् शशांक कोइरालालाई ७ दिनभित्र जवाफ दिन निर्देशन दिएको छ । कोइरालाले आफ्नो निर्वाचन खर्चबारे हालै दिएको अभिव्यक्तिले ध्यानाकर्षण भएको भन्दै आयोगले जवाफ मागेको हो ।

प्रवक्ता शालिकग्राम शर्मा पौडेलका अनुसार २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभाको उम्मेदवारले २५ लाख खर्च गर्न पाउने गरी निर्धारण भएको थियो । नवलपरासी बर्दघाट सुस्तापूर्वको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचित डा.कोइरालाले आयोगलाई बुझाएको खर्च विवरणमा २१ लाख ७५ हजार मात्रै उल्लेख छ ।

उनले हालै उक्त निर्वाचनमा ६ करोड खर्च भएको अभिव्यक्ति दिएपछि उनलाई ध्यानाकर्षण गराउँदै ७ दिनभित्र जवाफ दिन भनिएको प्रवक्ता शर्माले जानकारी दिए ।