Breaking

कार्यकर्तासँगै नाचे एमाले अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बझाङमा आफ्ना कार्यकर्तासँग नाचेका छन् ।

एमाले जिल्ला कार्यसमिति बझाङले आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली कार्यकर्ताले गाएको गीतमा मञ्चमै कार्यकर्तासँगै नाचेका हुन्।

‘परमादेशमा गठबन्धन ढालौं, यसपालि त सूर्यमै भोट हालौं’ बोलको गीतमा ओलीले कार्यकर्तासँगै कम्मर मर्काएका हुन्।

बझाङमा एमालेले दुई हजार बढी कार्यकर्तालाई पार्टी प्रवेश गराएको नेता ऐन महरले दाबी गरेका छन्।