Breaking

गठबन्धन सरकार जनतालाई जिउँदो लास भयो: विष्णु पौडेल


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार नेपाल र नेपाली जनताका लागि बोझ बनेको बताएका छन् । सोमबार बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले परमादेशका आधारमा बनेको वर्तमान देउवा सरकार राष्ट्रियता र विकास विरोधी रहेको समेत बताए ।

‘गठबन्धन सरकार नेपाल र नेपाली समाजका लागि बोझ र जिउँदो लास भएको छ’, पौडेलले भने, ‘परमादेशका आधारमा बनेको सरकारलाई नेपाली जनताले विस्थापित गर्न चाहान्छन् ।’

उनले आगामी निर्वाचनपछि नेकपा एमालेले बहुमतको सरकार बनाउने र विकासलाई निरन्तरता दिने दावी समेत गरे । उनले यस्ता गठबन्धन एमालेले धेरै पटक देखेको भन्दै एमालेको विजयलाई जस्तासुकै गठबन्धनले पनि रोक्न नसक्ने दावी समेत गरे । उनले काँग्रेस–माओवादीलाई ‘एक्लै चुनाव लड्ने हिम्मत छ ?’ भनेर प्रश्न समेत गरे ।