राजनीति

अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै


काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले सोमबार अपरान्ह् ४ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन्। अर्थमन्त्री शर्माले देशको आर्थिक अवस्था लगायतका विषयमा पत्रकार सम्मेलन गर्न लागेको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ।

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि अर्थमन्त्रीको आलोचन भइरहेको छ।

प्रमुख प्रतिपक्षी दल एमालेले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै देशको आर्थिक अवस्था विग्रीएको र त्यसमा अर्थमन्त्री दोषी रहेको जनाएको छ।