राजनीति

चर्चा भए जस्तो आर्थिक संकट छैन नेपालमा


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजय पौडेलले सरकारसँग अझै साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम भएको दाबी गर्नुभएको छ ।

आज पार्टी केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा युवा संघ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उपमहासचिव पौडेलले यस्तो बताउनु भएको हो । उहाँले नेपालमा चर्चा भएजत्तिको आर्थिक संकट नभएको पनि बताउनु भयो ।

उपमहासचिव पौडेलले विदेशमा भएका सबै नेपालीहरुलाई आफूले जम्मा पारेको पूँजी नेपालमा डलरमा पठाउन आह्वान गरेपनि आर्थिक संंकटको समाधान हुने बताउनु भयो ।

उपमहासचिव पौडेलले विदेशमा आफन्त भएका परिवारहरुलाई श्रोत नखोजि ५÷७ सय डलर बैंकमा जम्मा गर्न लगाउने हो भने राष्ट्रको संकट हट्ने बताउनु भयो ।