राजनीति

प्रदेशले उच्च शैक्षिक संस्थाको निर्माण गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे


काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान, प्रविधिका क्षेत्रमा अध्ययन, अनुसन्धान र अध्यापनका लागि प्रदेशले उच्च शैक्षिक संस्थाहरु निर्माण गर्ने बताउनु भएको छ ।

आज काठमाडौंमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै उहाँले वागमती प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक पास गरिसकेको र त्यसबाट विज्ञान प्रविधिको क्षेत्रमा लगानी गर्ने तथा विज्ञान प्रविधि अध्यापन गराउने विश्वविद्यालयहरु बनाउने कार्यमा प्रदेश लागि परेको दाबी गर्नुभयो ।

उहाँले विज्ञान,प्रविधि सम्बन्धमा अनुसन्धानको कार्यलाई अघि बढाउन नगद प्रवद्र्धन कार्यक्रमअन्तर्गत नीति पास गरेको र सोही नीतिको आधारमा छुट्टै ऐन बनाएर वागमती प्रदेश अनुसन्धानका क्षेत्रमा अघि बढ्ने बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य क्षेत्रलाई सबल, सुदृढ एवं प्रभावकारी बनाउन आवश्यक ठोस तथा अनुसन्धानका कार्यहरुलाई निरन्तर अघि बढाउँदै लैजान आवश्यक रहेको बताउनु भयो ।

राज्यमन्त्री खापुङले नेपालको अहिलेको राजनीति अस्थिर नरहेको भन्दै स्वास्थ्य क्षेत्रमा भने स्थिरता कायम गर्नुपर्ने बताउनु भयो ।