राजनीति

केही व्यक्तिको शन्कीपनले गर्दा देशको नीति भाँडियो: योगेश भट्टराई


काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाउनु भएको छ ।

आज काठमाडौंमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै सचिव भट्टराईले अहिले देशमा विदेशी मुद्राहरुको सिञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताउनु भयो ।

एमाले सचिव भट्टराईले नेपाललले अहिले विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको पनि बताउनु भयो ।

उहाँले नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेको बताउनु भयो ।

सचिव भट्टराईले जनशक्ति उत्पादन दिने कुरामा ध्यान दिँदै जनसंख्या र जनशक्ति उत्पादन गर्ने कुरालाई सन्तुलित बनाउन आवश्यक रहेको बताउनु भयो ।

सचिव भट्टराईले कुनैपनि उमेर समूहका मानिसहरुलाई स्वास्थ्यको आधारभुत सेवाबाट वञ्चित गर्न नहुनेमा जोड दिनुभयो ।।