Breaking

सरकारले १० महिनासम्म नयाँ कामको शुभारम्भ र शिलान्याससमेत गर्न नसकेको एमालेको आरोप


काठमाडौँ — नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले १० महिने कार्यकालमा नयाँ कामको शुभारम्भ र शिलान्याससमेत गर्न नसकेको आरोप लगाउन थालेका छन । अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई सर्वोच्च अदालतको परमादेशवाट बर्हिगमन गरे पछि गठन भएको देउवा सरकारले १० महिना भित्र विकास निमार्णका कामलाई गति दिन नसकेको जनाउँदै अर्थतन्त्र धरासायी बनाउँदै लगेको आरोप लगाउन थालेका हुन ।

‘एमाले सरकारको बहिर्गमन पछि बनेको देउवा सरकारले आजको मितिसम्म विकास निर्माणका क्षेत्रमा गरेका महत्वपूर्ण काम कुनै छ त गम्भीर प्रश्न खडा भएको छ’ एमाले नेता गोकर्ण बिष्टले प्रश्न गरेका छन, ‘करिब दश महिनाको अवधिमा विकास निर्माणका आयोजनाको न कुनै शुभारम्भ न शिलान्यास ढलेको सिन्को समेत यो सरकारले भाँचेन, केवल राष्ट्रको ढुकुटी सिध्याउनु यो सरकारको मुख्य काम बन्न पुग्यो ।’

ओली सरकारको पालामा सुरु भएका विकास निमार्णका कार्यमा रिबन काट्ने बाहेक प्रधानमन्त्रीले केही नयाँ कामको सुरुवात गरेको देखिएको छैन, न कुनै गतिलो आयोजनाको शिलान्यास गर्नुभएको छ, न देशलाई अघि बढाउने भिजन नै देखाउनु भएको छ,’ रिजालले भने, ‘ओली सरकारले गरेका कामलाई समेत गति दिन नसकेको सरकारले देशको अर्थतन्त्र धराशयी बनाउँदै भने लगेको छ ।’ एमाले नेताहरुले विकास निमार्णको काममा कुनै ध्यान नदिएको जनाउँदै निरन्तर प्रधानमन्त्री देउवा माथी आक्रोश समेत पोखिरहेका छन ।